उपेन्द्र यादव भारत प्रस्थान, सोबिता गौतम कतार
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनी एअर इण्डियाको उडान नम्बर एआई २१४ मा बिहान साढे १० बजे काठमाडौंबाट नयाँ दिल्ली गएका हुन् ।
यादव पारिवारिक कामको सिलसिलामा भारतको केरला जाने क्रममा नयाँ दिल्ली पुगेको बताइएको छ । केरलाको कोची भ्रमणपछि उनी अर्को साता स्वदेश फर्कने बुझिएको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम दोहा गएकी छन् । उनी कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा बिहान १० बजे त्यसतर्फ गएकी हुन् ।
टिप्पणीहरू