बाढी पहिरोको क्षति निरीक्षण गर्न मन्त्री हेलिकोप्टरमा सवार

बाढी पहिरोको क्षति निरीक्षण गर्न मन्त्री हेलिकोप्टरमा सवार

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत बाढी पहिरोको निरीक्षण गर्न गृहजिल्ला पुग्नुभएको छ । उहाँ प्रभु हेलिकोप्टरमा पाँच जनाको टोलीसहित दिउसो ३ बजे हेलम्बु पुग्नुभएको बताइएको छ ।

लगातारको वर्षाछि हेलम्बु क्षेत्रमा बाढी पहिरो गएको छ । हेलम्बु गाउँपालिका ४, ग्यालथुमस्थित सरस्वती माध्यमिक विद्यालय भवन मेलम्ची नदीमा आएको बाढीले बगाएको छ । हिजो बिहान सोही विद्यालयको दुई वटा पक्की शौचालय बगाएको थियो ।

अविरल वर्षासँगै आएको बाढीले मेललम्ची नदीले धार परिवर्तन गर्दै शौचालयपछि विद्यालय भवन बगाएको हो । स्थानीयले विद्यालयको फर्निचरलगायत भौतिक सामाग्री दिउँसो नै सुरक्षित ठाउँमा स्थानान्तरण गरेका थिए । 

मेलम्ची नदीमा जल सतह बढ्दै गएको र विद्यालयसँगै रहेको ग्यालथुम बजारसमेत जोखिममा रहेकाले स्थानीयलाई सजगता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

टिप्पणीहरू