केपीले आफूलाई राष्ट्रपतिमा प्रस्ताव नगरेको माधव नेपालकाे खुलासा

केपीले आफूलाई राष्ट्रपतिमा प्रस्ताव नगरेको माधव नेपालकाे खुलासा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई राष्ट्रपतिमा प्रस्ताव नगरेको बताउनुभएको छ । उहाँले गत राष्ट्रपति निर्वाचनताका नेकपा ब्युँताउने विषयमा भेट भएको प्रसंग कोट्याउँदै उक्त जानकारी दिनुभएको हो ।

त्यस समयमा ओलीले मलाई राष्ट्रपतिको प्रस्ताव नगरेको तर पछि माधवलाई राष्ट्रपतिमा प्रस्ताव गरेको भन्दै गतल प्रचार गरिएको उल्लेख गर्दै भन्नुभयो, ‘प्रस्ताव राखेर पनि म मान्ने थिएँ वा मान्दिनँ थिएँ । त्यो आफ्नो ठाउँमा छ । तर प्रस्ताव नै राखेको होइन ।’ भर्खरै आफ्नो अध्यक्षतामा खुलेको नयाँ पार्टी र कार्यकर्तालाई अलपत्र पारेर आफू राष्ट्रपति बन्ने मनस्थितिमा त्यतिबेला नरहेको पनि उहाँको भनाई छ ।

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो । त्यसैगरी हालैको सुन काण्डको छानबिन गर्न बनाउने भनिएको उच्चस्तरीय समिति र भएको छलफलमा आफ्नो दललाई संलग्न नगराएकामा पनि उहाँले आपत्ति जनाउनुभएको छ ।

छानबिनमा राष्ट्रिय मान्यताप्राप्त दलको नाममा छ दल बसेकाले आफूहरुले यसलाई निकै गम्भीरताका साथ लिएको उहाँले बताउनुभयो ।

टिप्पणीहरू