प्रतिनिधि सभाका समिति सभापतिको निर्वाचन ११ बजेबाट शुरु

प्रतिनिधि सभाका समिति सभापतिको निर्वाचन ११ बजेबाट शुरु
सुन्नुहोस्

प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापति निर्वाचनको प्रक्रिया आज बिहानबाट शुरु हुँदैछ । त्यसका लागि आज उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र सूची प्रकाशित गर्ने कार्यतालिका छ । 

आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सभापतिको निति प्रस्ताव प्रस्तुत गर्ने समय दिइएको छ । साढे ४ बजे दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ । ती प्रस्तावलाई भोलि दिउँसो ३ बजे सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिने छ । 

प्रधानमन्त्री र विषयगत मन्त्रालयका मन्त्रीहरू एकभन्दा बढी समितिमा पदेन सदस्य रहने भएकाले यस्ता सदस्यले आफू रहने समितिको मतदानमा सहभागी हुने भन्ने लिखित जानकारी आजसम्ममा सभामुखलाई दिइसक्नुपर्ने बताइएको छ ।

समिति सभापतिका लागि एकमात्र प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ ।

टिप्पणीहरू