कांग्रेसको भागमा परेको सुनुवाई समितिको नेतृत्व राप्रपालाई

कांग्रेसको भागमा परेको सुनुवाई समितिको नेतृत्व राप्रपालाई
सुन्नुहोस्

प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एउटा संसदीय समितिको सभापति पाउने भएको छ । आज बसेको सत्तारुढ दलका प्रमुख सचेतकसहितको बैठकले राप्रपालाई पनि एउटा समितिको नेतृत्व दिने निर्णय गरेको हो । 

गठबन्धन स्रोतका अनुसार संसदीय सुनुवाई विशेष समितिको सभापति राप्रपाले पाउनेछ । यसअघि सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेबीचको भागबण्डामा सो समितिको सभापति काँग्रेसले लिने सहमति भएको थियो । 

राप्रपाले समितिमा एकल उपस्थिति जनाएका पशुपति शमशेर राणालाई सभापतिको उम्मेदवार बनाउने तयारी गरेको छ ।  

प्रतिनिधिसभाका १० र राष्ट्रियसभाका दुई गरी १२ संसदीय समितिको सभापति चयनका लागि भोलि निर्वाचन हुँदैछ । त्यसअघि आज उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । 

कांग्रेसले संसदीय सुनुवाइ विशेष समितिबाहेका तीनवटा समितिको सभापतिको उम्मेदवार टुंग्याएको छ भने अन्य दलले पनि आ-आफ्ना उम्मेदवारको नाम टुंगो लगाएका छन् ।

टिप्पणीहरू