हङकङ र नयाँ दिल्ली उडानमा काठमाडौं ट्रान्जिट हुने

हङकङ र नयाँ दिल्ली उडानमा काठमाडौं ट्रान्जिट हुने

नेपाल वायुसेवा निगमले अबदेखि लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भारतको नयाँ दिल्ली र हङकङ उडानमा काठमाडौंलाई ट्रान्जिट बनाउने भएको छ । 

पर्सिदेखि शुरु हुने उक्त उडानको निम्ति टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिइएको छ । भैरहवाबाट हरेक मंगलबार एक उडान बिहान सवा ८ बजे उडेर ९ बजे काठमाडौं आउने छ । 

उक्त उडानमा हङकङ र नयाँ दिल्ली जाने यात्रुहरु काठमाडौंबाट छुट्टाछुट्टै उडानमा नयाँ दिल्ली र हङकङतर्फ जाने व्यवस्था मिलाइएको निगमले जनाएको छ । त्यसको लागि भैरहवामा नै नयाँ दिल्ली र हङकङसम्मको बोर्डिङ पास उपलब्ध गराइने छ ।

टिप्पणीहरू