एमसीसीविरुद्ध विप्लव माओवादीको बृहत गोष्ठी

एमसीसीविरुद्ध विप्लव माओवादीको बृहत गोष्ठी
सुन्नुहोस्

अमेरिकी सहयोग परियोजनाविरुद्ध प्रदर्शन गर्दै आएको विप्लव माओवादीले बृहत गोष्ठीको आयोजना गर्ने भएको छ । राजधानी र काभ्रेपलाञ्चोकमा मसाल जुलुस निकाल्दै आएको नेपाल कम्युनिष्ट पार्टीले भोलि गोष्ठी गर्न लागेको बताइएको छ ।

एमसीसी परियोजना कार्यान्वयनका विरुद्ध अन्तरक्रिया भनिएको कार्यक्रममा उक्त पार्टीका महासचिव विप्लवलाई प्रमुख अतिथि बनाईंदैछ । त्यसैगरी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतलाई अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, एमाले नेता डा. भीम रावल र वुद्धिजीवीको तर्फबाट डा. युवराज संग्रौला र डा. सुरेन्द्र भण्डारी  पनि सहभागी हुने जानकारी दिइएको छ ।

आयोजकका अनुसार कार्यक्रम भोलि दिउँसो साढे १२ बजे जमलस्थित राष्ट्रिय नाचघरमा हुने छ ।

टिप्पणीहरू