रास्वपाले नाम फिर्ता लिएपछि जनमतका अब्दुल निर्वाचित
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान सर्वसम्मत निर्वाचित भएका छन् ।
सभापतिमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नाम फिर्ता लिएपछि खान सर्वसम्मत भएका हुन् ।
प्रतिनिधि सभाका अन्य नौ वटा विषयगत समितिमा हिजो नै सर्वसम्मत रुपमा सभापति चयन भएका थिए । यसअघि एमाले र सत्तारुढ गठबन्धनबीच दुई साताअघि नै सभापति बाँडफाँडमा सहमति भएको थियो ।
टिप्पणीहरू