भैरहवाबाट नयाँ दिल्ली र हङकङ जाने यात्रु शून्य

भैरहवाबाट नयाँ दिल्ली र हङकङ जाने यात्रु शून्य

आजदेखि नेपाल वायुसेवा निगमले भैरहवाबाट काठमाडौं ट्रान्जिट बनाएर नयाँ दिल्ली र हङकङ उडान थालेको छ । तर, पहिलो उडानमा दुवै गन्तव्य जाने यात्रुको संख्या शून्य पाइएको छ ।

आज बिहान मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आएको निगमको विमान नयाँ दिल्ली र हङकङ जाने यात्रुको निम्ति भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । तर पहिलो दिनको उडानमा दिल्ली र हङकङ जाने एक जना पनि यात्रु नभएको बताइएको छ ।

यस्तो उडान हप्ताको एक पटक मंगलबार मात्र तोकिएको छ ।

टिप्पणीहरू