सर्वोच्च अदालतका न्यायाधीशहरूलाई ‘अपराधी’ को संज्ञा, महाअभियोग लगाउन माग

सर्वोच्च अदालतका न्यायाधीशहरूलाई ‘अपराधी’ को संज्ञा, महाअभियोग लगाउन माग
सुन्नुहोस्

न्यायाधीशहरूलाई ‘अपराधी’को संज्ञा दिँदै एक सांसदले उनीहरुमाथि महाअभियोग लगाउन माग गरेका छन् । 

आज बसेको प्रतिनिधिसभा बैठकमा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले सांसद विकास कोषको रकममाथि अंकुश लगाउने गरि अन्तरिम आदेश दिने न्यायाधीशहरूलाई ‘अपराधी’ को संज्ञा दिँदै महाअभियोग लगाउनुपर्ने माग गरेका हुन् । उनले अदालतको सो आदेश शक्ति पृथकीकरणको सिद्धान्त प्रतिकूल रहनुका साथै सार्वभौम संसदले पास गरेको अर्थ विधेयकलाई चुनौती दिइएको बताए । 

थापाले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्तलाई लापरवाही गरेर आफू खुसी गर्ने अदालतका न्यायधीशहरू कि यो बजेट पनि सर्वोच्चले बनाओस् हामी संसद्ले बनाउनु पर्दैन । यो बजेट र सबै शक्ति सबै अदालतले लिनसक्ने संविधान संशोधन गर्नुपर्‍यो । होइन भने शक्ति पृथकीकरण विधायिकामाथि हस्तक्षेप यस्ता प्रविधिका काम गर्नेहरूमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ । कडा कारबाही भनेकै महाअभियोग हो । महाअभियोग लागनुपर्छ अपराधीलाई ।'
 

टिप्पणीहरू