पर्सिदेखिको अभियानबारे माओवादीले भोलि जानकारी दिने

पर्सिदेखिको अभियानबारे माओवादीले भोलि जानकारी दिने
सुन्नुहोस्

सत्तारुढ नेकपा माओवादी केन्द्रले भोलि पत्रकार सम्मेलन गर्ने भएको छ । शनिबारदेखि सुरु हुने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ बारे जानकारी गराउन सम्मेलन गर्न लागिएको हो । 

माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे पत्रकार सम्मेलन हुनेछ । 

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठकले संगठन विस्तार योजनाअन्तर्गत तीनमहिने विशेष अभियान चलाउने निर्णय गरेको थियो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सि देशैभर एकैसाथ अभियानको उद्घाटन गर्ने तयारी छ ।

टिप्पणीहरू