विप्लवले बोलाए आकस्मिक बैठक
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ ।
भोलि बिहान ८ बजे बस्नेगरी बैठक डाकिएको हो । एमसिसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । साथै, चारदलीय समाजवादी मोर्चाको विषय पनि छलफलको एजेण्डा रहेको बताइएको छ ।
अमेरिकी सहायता परियोजना एमसिसी कार्यान्वयन नगर्न माग गर्दै सडक संघर्षमा रहेको नेकपा चार दलीय समाजवादी मोर्चामा आवद्ध छ । तर, मोर्चाकै प्रमुख घटक माओवादी केन्द्र नेतृत्वको सरकारको पालामा एमसिसी कार्यान्वयन हुँदैछ ।
यसैलाई लिएर सो पार्टीका महासचिव विप्लवले मोर्चाबाट बाहिरिने चेतावनी दिएको चर्चाका बीच भोलि बस्ने बैठकलाई चासोका साथ हेरिएको छ ।
टिप्पणीहरू