प्रधानमन्त्री पुग्नुभयो पेरिसडाँडा
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी मुख्यालय पेरिसडाँडा पुग्नुभएको छ । उहाँ पार्टीले आजदेखि देशभर सञ्चालन गर्न लागेको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानको शुभारम्भ गर्न त्यहाँ जानुभएको हो ।
पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले माओवादीले तीन महिने अभियान सञ्चालन गर्न लागेको हो । आजदेखि देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन हुने बताइएको छ ।
माओवादीले अध्यक्षसहित २२ केन्द्रीय पदाधिकारीलाई तीनमहिने अभियानको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिसकेको छ ।
टिप्पणीहरू