उपप्रधानमन्त्री श्रेष्ठद्वारा जग्गी वासुदेवको विमानस्थलमा स्वागत

उपप्रधानमन्त्री श्रेष्ठद्वारा जग्गी वासुदेवको विमानस्थलमा स्वागत

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सद्गुरुको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ । सद्गुरुको स्वागतमा उपप्रधानमन्त्रीसँगै एक हुल विमानस्थलको आगमन कक्षमा पुगेका हुन् ।

इशा फाउण्डेसनका संस्थापक जग्गा वासुदेव लेखक हुन् । उनलाई पछि सद्गुरु भन्न थालिएको हो । यो फाउण्डेसनले भारत, बेलायत, अमेरिका, सिंगापुर, अष्ट्रेलिया, लेबनानलगायत मुलुकमा विशेषतः योगाको बारेमा जानकारी दिने गरेको छ । 

जग्गी वासुदेवको जन्म १९५७ को सेप्टेम्बर ३ तारिख हो । भोलि उनको जन्मदिन परेको छ । उनी भारतको मैसुरमा जन्मेका हुन् ।

टिप्पणीहरू