राप्रपाले काठमाडौँमा जुलुस निकाल्ने
राजसंस्था फर्काउने अभियानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा उत्रिने भएको छ । राजसंस्थाको पुनर्स्थापना र हिन्दुराज्यका पक्षमा माहोल बनाउन सो पार्टीले भदौ २७ गते काठमाडौंमा जुलुस निकाल्न लागेको हो ।
आज बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दुराष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै विरोधसभा गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बेरोज़गारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले र्याली र सभा गर्ने निर्णय भएको उनले बताए ।
टिप्पणीहरू