पूर्व युवराज्ञी हिमानी बेलायत प्रस्थान

पूर्व युवराज्ञी हिमानी बेलायत प्रस्थान

पूर्व युवराज्ञी हिमानी शाह विदेश जानुभएको छ । कतार एअरवेजका अनुसार उहाँ बिहानको उडान नम्बर क्युआर ६४९ मा काठमाडौंबाट दोहा हुँदै लण्डनतर्फ लाग्नुभएको हो । 

यो बेलायत भ्रमणबारे थप जानकारी दिइएको छैन । पछिल्लो दिन उहाँ पूर्वराजा र रानीसँगै छोरीहरु अध्ययनरत थाइल्याण्डको राजधानी बैंककमा नियमित जाउआउ गर्दै आउनुभएको थियो ।

टिप्पणीहरू