प्रधानमन्त्रीसँगको भेटपछि भारतीय पूर्वराजदूत नयाँ दिल्ली फर्के

प्रधानमन्त्रीसँगको भेटपछि भारतीय पूर्वराजदूत नयाँ दिल्ली फर्के
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि नेपालका लागि भारतका पूर्वराजदूत रन्जित रे स्वदेश फर्केका छन् । रे नेपाल वायुसेवाको उडान नम्बर आरए २१७ मा पौने २ बजे त्यता गएका हुन् । 

शुक्रबार काठमाडौं आएका रन्जितले आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका थिए । उनलाई नेपाली काँग्रेसका बागी सांसद अमरेशकुमारले  आफ्नो सवारी साधनमा राखेर त्यहाँ पुर्याएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार तथा नीति आयोगका अध्यक्ष विवेक देव रायसँगै उनी काठमाडौं आएर कुपण्डोलको होटल हिमालयमा बसेका थिए । 
आजै पूर्वउपराष्ट्रपति परमानन्द झा पनि नयाँ दिल्ली गएका छन् । झा पनि सोही उडानमा त्यता गएको बताइन्छ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दिपक गिरीसमेत नेपाल वायुसेवाको उक्त उडानमा भारत गएका छन् ।
 

टिप्पणीहरू