भैंसेपाटी आवासलाई दिइयो ‘आलिसान महल र दरबार’ को संज्ञा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीको सरकारी आवासलाई आलिसान महल र दरबारको संज्ञा दिएका छन् । संसद् बैठकको आजको विशेष समयमा बोल्दै उनले खेलाडीलाई सुत्ने र खानेको व्यवस्था नगरिएको मुुलुकमा रातारात दरबार ठड्याइएको आरोप लगाएका छन् ।
ढकालले नेपाली क्रिकेट क्षेत्रको विकास लागि सरकारले खेलाडीलाई उचित सेवा सुविधा र आवश्यक संरचना निर्माण गर्न नसकेको सन्दर्भ जोड्दै उक्त आवासको आलोचना गरेका हुन् । खेलाडी र खेलकुद क्षेत्रका संरचनाको दयनीय अवस्था भएको अवस्थामा पनि सरकार नेताहरुको आवास निर्माणमा केन्द्रित भएको ढकालको भनाई छ ।
ढकालले भने, ‘सरकार भने जस्तो मैदान बनाउँदैन । बनाउँछ भैंसेपाटीतिर प्रदेशका मुख्यमन्त्री काठमाडौं आएका बेला सुत्न आलिसान महल ।’
टिप्पणीहरू