एमालेमा अध्यक्ष ओली र महासचिव पोख्रेलको प्यानल नै पराजित
एमाले लुम्बिनी प्रदेशमा एउटा उपसचिवबाहेक अन्य पदमा उपाध्यक्ष विष्णु पौडेल समूहको प्यानलै निर्वाचित भएको छ ।
हिजो सम्पन्न निर्वाचनको बुधबार बिहान सार्वजनिक परिणामअनुसार पौडेल समूहका राधाकृष्ण कँडेल अध्यक्षमा निर्वाचित भएका छन् । ४ सय ७९ मत ल्याएर कँडेल निर्वाचित हुँदा महासचिव शंकर पाेखरेल समूहका हरिप्रसाद रिजालले ४ सय ७७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपाध्यक्षमा कँडेल समूहकै भाेजप्रसाद श्रेष्ठ,उपसचिवमा भने रिजाल समूहका पूर्ण बुढामगर र महिला उपसचिवमा कँडेल समूहकी लीला रानामगर निर्वाचित भएकी छन्।
सचिवमा यसअघि नै कँडेल समूहका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
टिप्पणीहरू