गुटबन्दीको आरोपमा वैद्य समूहका नेता निष्कासित
मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका उच्च तहका एक नेता निष्कासनको कारवाहीमा परेका छन् । अनुशासन तोडेको आरोपमा सचिवालय सदस्य महेश चौधरी पार्टीबाट निकालिएका हुन् ।
सो पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला कन्चनले पटक-पटक सचेत गराउँदा पनि चौधरीले अनुशासनहीन गतिविधि नरोकेपछि कारवाही गर्नुपरेको जानकारी दिए । चौधरीमाथि पार्टीको नीति, विधि र विधान विपरीत वक्तव्यबाजी गर्दै पार्टी छाडेको घोषणा गरेको आरोपसमेत लागेको छ ।
'पार्टीभित्र कयौं अराजक गतिबिधि गर्दा पनि उनलाई सुधार्न पार्टीले कैयौं प्रयत्न गरेको थियो', बाँस्तोलाले भने, 'पार्टीका सबै प्रयत्नलाई लत्याउँदै गुटबन्दीसहित पार्टी परित्याग गरेको वक्तव्य सार्वजनिक गरेका छन् । सोहि कारण उनलाई पार्टीबाट निष्कासन गरिएको छ ।'
टिप्पणीहरू