प्रधानमन्त्रीलाई सांसद पन्तको सुझाव - अमेरिकाबाट चीन जाँदा भ्रमणको महत्व घट्छ, पुनर्विचार गर्नुस्

प्रधानमन्त्रीलाई सांसद पन्तको सुझाव - अमेरिकाबाट चीन जाँदा भ्रमणको महत्व घट्छ, पुनर्विचार  गर्नुस्
सुन्नुहोस्

नेकपा एमालेका सांसद रघुजी पन्तले अमेरिकाबाट चीन जाने प्रधानमन्त्रीको भ्रमण तालिका पुनर्विचार गर्न सुझाएका छन् । 

आज बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्रमण तालिका पुनर्विचार गर्न सुझाव दिएका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन जाँदा भ्रमणको महत्व घट्ने पन्तको बुझाई छ ।  

 प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरुबारे सदनलाई जानकारी गराउन र छलफल चलाउन पनि उनले माग गरेका छन् । आफ्नो भ्रमणको प्राथमिकताबारे प्रधानमन्त्रीले संसदमा जानकारी गराएर आवश्यक सुझाव लिनुपर्नेमा पन्तले जोड दिए ।

टिप्पणीहरू