प्रधानमन्त्री सिरहाबाट फर्केर साँझ दरबारमार्गतिर
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सिरहा जान लाग्नुभएको छ । उहाँ नेपाली काँग्रेसका स्वर्गीय नेता प्रदिप गिरीको प्रतिमा अनावरणको निम्ति लाहान जान लाग्नुभएको बताइएको छ ।
लहान नगरपालिका १४ स्थित आश्रममा स्व. गिरीको प्रतिमा स्थापना गरिएको छ । प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टर एनए ०३८ एमआई १७ मा दिउँसो १ बजे त्यता जाने कार्यक्रम तय भएको हो ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार प्रतिमा अनावरण कार्यक्रममा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद,मधेश प्रदेशका मुख्यमन्त्री पनि सहभागी हुनुहुने छ ।
नेपाल विध्यार्थी संघका पूर्व कार्यवाहक अध्यक्ष,विधान मस्यौदा समितिका संयोजक तथा लहान नगरपालिका– १३ का वडाध्यक्ष मनोज कोइरालाका अनुसार कार्यक्रम प्रदिप गिरी फाउण्डेशनले आयोजना गरेको हो । कोइरालाले भने, ‘प्रतिमा अनावरणपछि नेता गिरीको राजनीतिक योगदानबारे प्रवचन कार्यक्रम राखिएको छ ।’
गिरीको उपचारको क्रममा गत वर्ष भदौ ४ गते निधन भएको थियो ।
लहानबाट फर्केपछि प्रधानमन्त्री दाहाल साँझ ६ बजे होटल याक एण्ड यति जाने कार्यक्रम छ ।
टिप्पणीहरू