परराष्ट्रमन्त्रीसँगै प्रधानमन्त्री सिराहा प्रस्थान

परराष्ट्रमन्त्रीसँगै प्रधानमन्त्री सिराहा प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिराहा जानुभएको छ । नेपाली कांग्रेसका दिवंगत नेता प्रदिप गिरीको स्मृति सभामा सहभागी हुन परराष्ट्रमन्त्रीसहित २० जनाको टोली लिएर प्रधानमन्त्री केही बेरअघि त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  

नेपाली सेनाको हेलिकप्टर एनए - ०३८ एमआई १७ मा प्रधानमन्त्री दिउँसो साढे १ बजे सिराहा उडेको बताइएको छ । गत वर्ष निधन भएका गिरीको प्रथम स्मृति सभा सिरहाको लाहानमा हुने जनाइएको छ ।

टिप्पणीहरू