आउँदो आइतबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक आजै स्थगित
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आउँदो आइतबार बिहान ११ बजे बस्ने निधो भएको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।
विशेष कारणवश तोकिएको दिन र समयमा बैठक बस्न नसक्ने भएकोले स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी पूर्वनिर्धारित बैठक स्थगित गर्नुभएको सूचनामा उल्लेख छ ।
अहिले राष्ट्रियसभामा ३ वटा बिद्येयकहरु बिचाराधीन छन् ।
टिप्पणीहरू