मापदण्डमाथि हप्ता दिनमै मारमुङ्ग्री

मापदण्डमाथि हप्ता दिनमै मारमुङ्ग्री

मापदण्ड बन्छ, एक हप्तामै त्यसमाथि मारमुंग्री चल्छ । प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड– २०७९ माथि २०८० साउन २१ मा पहिलो संशोधन गरियो । त्यसमा एक दर्जाबाट बढुवा भएको व्यक्तिले लगत्तै कुनै पनि युनिटको इञ्चार्ज सम्हाल्न नपाउने भनिएको छ । मापदण्डको दफा ४ को ‘ज’ मा भनिएको छ, ‘सामान्यतया कार्यालय प्रमुखको रुपमा एक वर्ष सेवा अवधी पूरा गरेपछि मात्र अन्यत्र सरुवा गरिने छ ।’ तर, वैशाखमा बढुवा भएका एसएसपीहरूले भदौमा इञ्चार्ज पाएका छन्, त्यो पनि सात–सात महिनामात्रै इञ्चार्ज सम्हालेका एसएसपीलाई हटाएर । यसरी साउन २१ को मापदण्डले भदौ लाग्दालाग्दै हावा खाएको छ ।

अन्याय पनि साना दर्जालाई मात्र हुन्छ भनिन्थ्यो । तर, दफा ५ को ‘ख’ माथि मजाक उडाउँदै एआइजी श्याम ज्ञवाली चार महिनामै उपत्यका प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइए । सात महिनादेखि काठमाडौं सम्हालेका दानबहादुर कार्की र उपत्यका अपराधका डा.मनोज केसीहरू हेडक्वार्टरतिर पठाइए ।  १० औं दफाको ‘ङ’ मा पहिलोपटक कार्यालय प्रमुखको जिम्मेवारी दिइँदा ‘ग’ वा ‘ख’ श्रेणीको युनिट दिने भनिएको छ । तर, ३० गतेको सरुवामा उक्त कुरा कार्यान्वयन गरिएन ।

शुरुमै ‘क’ श्रेणीको युनिटमा पठाइएको छ । एकपटक ‘क’ श्रेणीको युनिट चलाएको इन्स्पेक्टरले दोस्रो पटक पनि सोही श्रेणीको युनिट नपाउने भनिएको थियो । तर, सरुवाको सूची हेर्दा मापदण्डप्रति उत्तरदायी देखिँदैन ।

टिप्पणीहरू