हिन्दुवादीको विरोधपछि विवादमा परेको ‘एक भगवत् गीता’ अर्कै नाममा चलाइने

हिन्दुवादीको विरोधपछि विवादमा परेको ‘एक भगवत् गीता’ अर्कै नाममा चलाइने
सुन्नुहोस्

नामलाई लिएर विवादमा आएको चलचित्र ‘एक भगवत् गीता’ को निर्माण पक्ष र धार्मिक संघसंस्थाबीच सहमति जुटेको छ । 

चलचित्र विकास बोर्डमा आज बसेको निर्माण पक्ष र धार्मिक संघसंस्थाका पदाधिकारीहरुको बैठकले चलचित्रको नाम परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति गरेको हो । सहमतिअनुसार चलचित्रको नाम अब ‘एक भागवत र एक गीता’ राखिनेछ । त्यस्तै, चलचित्रको नामसँगै ‘सामाजिक कथा’ लेख्ने पनि सहमति भएको छ । 

‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरी “एक भागवत र एक गीता (सामाजिक कथा)” राख्ने सहमति भयो । चलचित्र प्रवर्द्धनमा कुनै पक्षबाट विरोध वा व्यवधान सिर्जना नगर्न एवं चलचित्रको प्रचार प्रवर्द्धनमा सबै पक्षले सहयोग गर्न र धार्मिक एवं सांस्कृतिक सद्भाव र सहिष्णुतालाई कायम गर्न सबै पक्ष प्रतिबद्ध रहने निर्णय गरियो’, सहमतिपत्रमा उल्लेख छ । 

भदौ २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको नामलाई लिएर विभिन्न हिन्दु धार्मिक संघसंस्थाले आपत्ति जनाउँदै आएका थिए । धार्मिक संघसंस्थाले विरोध जनाएपछि चलचित्र विकास बोर्डले चलचित्रको सेन्सर अनुमति रोकेको थियो । 

सुनिलकुमार थापाको लगानी तथा झरना थापाको निर्देशनमा तयार भएको चलचित्रमा सुहाना थापा, धिरज मगर र विपिन कार्कीको मुख्य अभिनय रहेको छ ।

टिप्पणीहरू