भाउ अचाक्ली बढेपछि थाल ठटाउन थालियो
नेकपा एमालेनिकट मजदुर संगठनले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । भूमि अधिकार तथा श्रमिक संगठन, नेपालले मूल्यवृद्धिको विरोधमा थाल ठटाउँदै र्याली निकालेको हो ।
उनीहरुले काठमाडौंको माइतीघर मण्डलाबाट जिल्ला प्रशासन कार्यालय, काठमाडौंसम्म जुुलुस निकालेका हुन् । उनीहरुले बजार भाउ नियन्त्रण र सुरक्षित आवासको व्यवस्था मिलाउनुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएका छन् ।
आन्दोलनकारीहरुले ‘एक घर एक रोजगार व्यवस्था गर’, ‘ग्याँसको मूल्यवृद्धि फिर्ता गर’, ‘भूमि आयोगसँग गरेको सम्झौता कार्यान्वयन गर’, ‘गाँस, बास, कपास र स्वास्थ्य शिक्षाको कार्यान्वयन सुनिश्चित गर’, लगायत प्लेकार्ड बोकेर नाराबाजीसमेत गरेका थिए ।
टिप्पणीहरू