एमालेले बोलायो सचिवालयको आकस्मिक बैठक

एमालेले बोलायो सचिवालयको आकस्मिक बैठक

नेकपा एमालेले सचिवालयको आकस्मिक बैठक डाकेको छ । बिहान ११ बजे पार्टी मुख्यालय च्यासल ललितपुरमा बैठक राखिएको जानकारी दिएको छ । 

संविधान सभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक बैठक राखिएको हो ।

बालुवाटारस्थित आफ्नै निवासमा राति १ बजेको समयमा बाथरुममा लडेपछि उहाँलाई तत्काल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको इमर्जेन्सीमा पुर्याइएको थियो । राति पौने २ बजेको समयमा चिकित्सकले नेम्वाङलाई मृत घोषणा गरेका थिए ।

टिप्पणीहरू