एमाले उपाध्यक्षको निधनपछि बीपी साहित्व महोत्सव स्थगित

एमाले उपाध्यक्षको निधनपछि बीपी साहित्व महोत्सव स्थगित
सुन्नुहोस्

नेपाली काँग्रेसले संविधानसभा अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि बीपी साहित्व महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ । 

संविधानसभाका अध्यक्ष नेम्वाङप्रति उच्च सम्मान प्रकट गर्दै पूर्वनिर्धारित बीपी साहित्य महोत्सव–२०८० का तेस्रो र अन्तिम दिनको सम्पूर्ण कार्यक्रम स्थगन गर्ने निर्णय गरिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनले शालिन र सुयोग्य राजनीतिज्ञ नेम्वाङको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतआत्माको चीर शान्तिको कामना गरेका छन् । 

साथै, नेम्वाङको परिवारजन, नेकपा एमाले र शोकाकुल सबैमा समवेदना व्यक्त गरेका छन् ।
 

टिप्पणीहरू