कांग्रेस बैठक दुई दिन ढिला

कांग्रेस बैठक दुई दिन ढिला

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । पार्टी मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै असोज २ गतेका लागि तय भएको बैठक ४ गतेका लागि सारिएको जानकारी दिएका हुन् । 

उनका अनुसार सो दिन पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने तय भएको छ ।

 

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असोज २ गते पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन वीपीनगर ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० असोज ४ गते दिउँसो १ बजे बस्ने भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एंव सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

टिप्पणीहरू