फलदायी नभए संघीयता खारेज हुनसक्छ : पूर्व प्रधानमन्त्री खनाल

फलदायी नभए संघीयता खारेज हुनसक्छ : पूर्व प्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता  झलनाथ खनालले सफल रुपमा प्रयोग हुन नसके संघीयता खारेज हुन सक्ने अभिव्यक्ति दिनुभएको छ । 

जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रयोगकै चरणमा रहेको संघीयता सफल कार्यान्वयन नभए खारेज हुनसक्ने बताउनुभएको हो । संघीयता देशका लागि बोझ हुन नहुनेमा उहाँको जोड छ । 

नेपाली जनताका लागि फलदायी नभए देशकै लागि बोझ हुने संघीयता चाहेर वा नचाहेर पनि टिक्न नसक्ने प्रष्ट पार्दै पूर्वप्रधानमन्त्री खनालले संघीयताको भविष्यलाई लिएर अहिले कुनै निर्णयमा पुग्ने स्थिति भने नरहेको धारणा पनि त्यस क्रममा राख्नुभयो । यद्यपि, देश र जनताका लागि संघीयता कसरी फलदायी हुन सक्छ भन्ने विषयमा ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

टिप्पणीहरू