यस्तो छ, प्रधानमन्त्रीको आज दिउँसोको व्यस्तता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि अमेरिका जाँदै हुनुहुन्छ । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन उहाँ नेपाली प्रतिनिधिण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लाग्नुभएको हो । अमेरिकाबाट उहाँ असोज पहिलो साता चीन भ्रमणमा उतैबाट चीनको हाङ्चौ जाने कार्यक्रम छ ।
प्रधानमन्त्री झण्डै दुई साता मुलुक बाहिर रहनुहुनेछ । त्यसअघि आज अपरान्ह ४ बजे क्याबिनेट बैठक राखिएको छ । क्याबिनेट बैठकअघि उहाँ प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वर जानुहुनेछ ।
क्याबिनेट बैठकपछि प्रधानमन्त्रीले नागरिक उड्डयन प्राधिकरणको नवनिर्मित प्रधान कार्यालय भवन उद्घाटन गर्नुहुनेछ । उहाँ साँझ ५ बजे सिनामंगलमा बनाइएको उक्त भवनको उद्घाटन गर्ने प्राधिकरणले जनाएको छ ।
सिनामंगलबाट उहाँ सोझै नयाँ बानेश्वरस्थित होटल एभरेष्ट पुग्नुहुनेछ । नेपाल उद्योग परिसंघ (सीएनआई) को साधारण सभा उद्घाटनको निम्ति प्रधानमन्त्री त्यहाँ जानुहुने जनाइएको छ ।
टिप्पणीहरू