अमेरिका उड्नुअघि प्रधानमन्त्री शीतल निवासमा

अमेरिका उड्नुअघि प्रधानमन्त्री शीतल निवासमा

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज राष्ट्रपति भवन शीतल निवासमा भेट भएको हो । 

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघको ७८ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुकी अमेरिकाको न्युयोर्क जाँदै हुनुहुन्छ । उहाँले सोही भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको बताइएको छ ।

राष्ट्र संघको कार्यक्रमपछि प्रधानमन्त्री अमेरिकाबाट असोज ४ गते सोझै चीन जानुहुनेछ । असोज ५ गतेदेखि उहाँले चीनको औपचारिक भ्रमण थाल्ने कार्यक्रम छ । असोज ६ गतेदेखि चीनको हाङ्चौ शहरमा १९ औं एसियाली खेलकुद प्रारम्भ हुँदैछ । उहाँ उक्त खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । चिनियाँ राष्ट्रपति सि जिनपिङसँग पनि सोही दिन भेटवार्ता गर्नुहुनेछ ।

टिप्पणीहरू