प्रधानमन्त्री आउँदै गर्दा परराष्ट्रमन्त्रीको मर्निङ वाक
परराष्ट्रमन्त्री एनपी साउदले अमेरिकाको न्युयोर्कमा पनि मर्निङ वाक गर्न छाडेका छैनन् । संयुक्त राष्ट्र संघको ७८ औं महासभा अघिका बैठकमा भाग लिन गत मंगलबार उता गएका मन्त्री मर्निङ वाकमा व्यस्त रहेको फोटो र भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
स्थानीय समयानुसार न्युयोर्कको सेन्ट्रल पार्कमा बिहान पाँच किलोमीटर वाक गरिएको स्वकीय सचिव दीपक जोशीले लेखेका छन् । राष्ट्र संघका लागि आवासीय प्रतिनिधि लोकबहादुर थापासहितको टोली मन्त्रीसँगै वाकमा निस्केको उनै जोशीले पोष्ट गरेको फोटो र भिडियोमा देखिन्छ ।

मन्त्री साउद महासभा एवम् सोभन्दा अघिका बैठकमा भाग लिन पाँच दिनअघि गएका थिए । उनले पिस बिल्डिङ कमिसनले आयोजना गर्ने एजुकेसन्स रोल इन बिल्डिङ पिस बैठकमा भाग लिने काठमाडौंबाट प्रस्थान गर्नुअघि परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

महासभामा भाग लिन प्रधानमन्त्री आज साँझ दोहा हुँदै न्युयोर्क जानुभएको छ । उहाँ राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि असोज ४ गते उतैबाट चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम छ ।
टिप्पणीहरू