सभामुख साँझ आयरल्याण्ड उड्ने
सभामुख देवराज घिमिरे आज आयरल्याण्डको जानुहुने भएको छ । साताव्यापी औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आज साँझ त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
साँझ ६ बजे कतार एयरलाइन्सको उडानमा सभामुख घिमिरे दोहा हुँदै आयरल्याण्ड प्रस्थान गर्ने जनाइएको छ । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सचिव पद्म प्रसाद पाण्डे र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रसाद भट्टराई छन् ।
सभामुख नेतृत्वको टोली सेप्टेम्बर २४ तारिक स्वदेश फर्किने भ्रमण तालिका रहेको छ । संसद सचिवालयले सभामुखको प्रस्थान र आगमनका लागि भिआइपी कक्ष उपलब्ध गराउन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्यन कार्यालयलाई आग्रह गर्दै पत्र पठाएको छ ।
टिप्पणीहरू