निगमको विमान मध्यरातमा इजरायल उड्यो

निगमको विमान मध्यरातमा इजरायल उड्यो

नेपाल वायुसेवा निगमको एउटा विमान गएराति इजरायल प्रस्थान गरेको छ । निगमको ९ एन–एकेएक्स विमानलाई मर्मतको निम्ति राति साढे ११ बजे काठमाडौंबाट त्यता उडाइएको हो । 

इजरायलको एरोस्पेस इण्डष्ट्रिजसँग भएको इञ्जिन मर्मत सम्झौताबमोजिम एमआरओ कम्पनीले आजलाई विमान मर्मतको समय दिएकाले उता पठाइएको निगमको भनाई छ । जहाज मर्मतपछि आगामी शुक्रबार काठमाडौं फर्कने बताइएको छ ।

निगमले यसअघि गत १२ जुनका दिन इञ्जिन मर्मतका लागि टेण्डर आह्वान गरेको थियो ।
 

टिप्पणीहरू