पशुपतिमा तीजको रौनक (फोटो फिचर)
हरितालिका (तीज) पर्वको अवसरमा राजधानीको पशुपतिनाथ मन्दिर परिसर बिहानैदेखि रातो रंगले सजिएको छ । तीजमा नेपाली हिन्दु महिलाहरु महादेवको पूजा आरधनाको लागि पशुपतिनाथलगायत मुलुकभरका शिवालयमा बिहानैदेखि पुगेका हुन् ।
आज व्रत बसेर शिव पार्वतीको पूजा, उपासना गर्दै नाचगान गर्ने धार्मिक प्रचलन छ । यसबाट पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने विश्वास लिइन्छ ।
टिप्पणीहरू