कार्यक्रम बिपीको,कटाक्ष कोइराला परिवारको

कार्यक्रम बिपीको,कटाक्ष कोइराला परिवारको

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले परिवारका अन्य सदस्यहरुले सहयोग नगरेका कारण १४औं महाधिवेशनमा आफू सभापतिमा पराजित हुनुपरेको दुखेसो पोखेका छन् । 

बिपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा डा. सशांक कोइराला र सुजाता कोइरालाको सामुन्ने शेखरले सहयोग नगरेकै कारण परिणाम आफ्नो पक्षमा नआएको गुनासो गरेका हुन् । ‘परिवारले बुझेको बिपी’ विषयक अन्तरसंवाद कार्यक्रममा बोलेका उनले कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरुले दु:ख पाइरहने दाबीसमेत गरे।

'मैले पाउने सम्मान पाएकै छु तर महाधिवेशनमा तपाइँहरुले साथ दिएको भए यस्तो हालत हुँदैनन्थ्यो । पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाएजस्तो सजिलो हुन्न रहेछ’, शेखरले भने । आफू कोइराला परिवारका सदस्यहरुलाई सधैँ साथमा लिएर हिँड्न चाहेको भन्दै शेखरले आगामी दिनमा मिलेरै जानेमा शशांक र सुजाताप्रति आफू विश्वस्त भएको पनि बताए । 

कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका बिपी पुत्र डा. शशांकले पार्टीका कार्यकर्ताहरुको सुझावबमोजिम आफूले १४औं महाधिवेशनमा शेखरलाई सहयोग नगरेको जवाफ दिए । इतर खेमाको नेतृत्व गर्दै आएका शेखरलाई फेरि नसघाउने संकेत गर्दै उनले आफू १५औं महाधिवेशनमा सभापतिको आकांक्षी रहेको पनि प्रष्ट पारे । 

सो कार्यक्रममा गिरिजापुत्री सुजाताले पनि आफ्नो धारणा राखेकी थिइन् ।

टिप्पणीहरू