शिक्षकहरु सिंहदरबारमा, सरकारी अधिकारीहरुसँग वार्ता शुरु
हिजोदेखि सडक आन्दोलनमा उत्रिएका शिक्षक र सरकारका प्रतिनिधिहरुबीच छलफल प्रारम्भ भएको छ । आन्दोलनकारीहरु वार्ताको निम्ति गृह मन्त्रालय पुगेका हुन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा शिक्षामन्त्री अशोककुमार राई, सचिव सुरेश अधिकारीसहितको सरकारी टोली र नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर नेतृत्वको टोलीबीच वार्ता भएको छ ।
वार्तामा शिक्षकहरुको मागमाथि छलफल भएको र समस्या समाधान गर्न दुवै पक्ष तयार रहेको बताइएको छ । शिक्षकहरुले माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नलिने अडान दोहोर्याएका छन् । उनीहरुले आज पनि आन्दोलन जारी राखेका छन् ।
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकविरुद्ध मुुलुकभरका शिक्षकहरु हिजोदेखि राजधानी केन्द्रित सडक आन्दोलनमा उत्रिएका हुन् ।
टिप्पणीहरू