प्रधानमन्त्री चीन जानुअघि काठमाडौंमा विज्ञप्ति, बेइजिङमा पत्रकार सम्मेलन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सिदेखि चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । उहाँ आज संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गरेर न्युयोर्कबाट सोझै हाङ्चौ पुग्ने कार्यक्रम छ ।
पर्सि बिहान हाङ्चौ पुगेपछि राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेर साँझको एसियाली खेलकुद उद्घाटन समारोहमा उपस्थित हुने बताइएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणबारे काठमाडौंमा परराष्ट्र मन्त्रालयले र बेइजिङमा चिनियाँ विदेश मन्त्रालयले औपचारिक जानकारी गराएका छन् । विदेश मन्त्रालयकी प्रवक्ता माओ निङलाई उद्धृत गर्दै चीनको सरकारी टेलिभिजन सिसिटिभिले भनेको छ, ‘प्रधानमन्त्री प्रचण्डको भ्रमणले दुई मुलुकबीच कायम रहेको कसिलो र हार्दिकतापूर्ण सम्बन्धलाई थप उचाईमा पुर्याउने छ । यसबाट दुई देशबीच आपसी हित र चासोका विषयलाई व्यवहारिक सहयोगमा रुपान्तरण गर्नेछ । बीआरआईको माध्यमबाट चीन र नेपालको सम्बन्धलाई थप उचाईमा पुर्याउने छ ।’
टिप्पणीहरू