विमानस्थल वरपर चंगा, ड्रोन, बेलुन उडाउनेलाई कारबाही गरिने
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा, ड्रोन, बेलुन नउडाउन आग्रह गरेको छ । प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चंगा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने उल्लेख गर्दै त्यस्ता क्रियाकलाप नगर्न आग्रह गरेको हो ।
कार्यालयले वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा पटकपटक चंगा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको जनाएको छ ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा पटकपटक चंगा, ड्रोन, बेलुन उडाउने गरेको पाइएकाले यस सम्बन्धमा विमानस्थलको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रकाशित सूचनामा भनिएको छ, ‘चंगा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न–नगराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’
जारी सूचनाको अवज्ञा गर्नेलाई कारबाही गर्ने चेतावनी दिइएको छ ।
टिप्पणीहरू