इञ्जिनियरिङ संस्थानलाई नेविसंघको चेतावनीपूर्ण आग्रह

इञ्जिनियरिङ संस्थानलाई नेविसंघको चेतावनीपूर्ण आग्रह

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले प्रवेश परीक्षा तत्काल सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानलाई आग्रह गरेको छ । 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले सार्वजनिक अपिल जारी गर्दै परीक्षा तत्काल सञ्चालन गर्न अनुरोध गरेका हुन् । पछिल्लो समय देखापरेको शुल्कसम्बन्धी अन्योलका कारण संस्थानले प्रवेश परीक्षा मिति तथा समय तोक्न सकेको छैन । 

जसका कारण इन्जिनियरिङ अध्ययनका लागि तयारीमा रहेका विद्यार्थीहरु अन्योलमा परेका छन् । अध्यक्ष शेर्पाले राज्यलाई अर्बो घाटा गराउनका लागि प्रवेश परीक्षा समयमा हुन नदिइरहेको उल्लेख गर्दै तत्काल प्रवेश परीक्षाको मिति तोकी प्रक्रिया सुचारु गर्न चेतावनीपूर्ण आग्रह गरेका छन् । 

‘हाललाई न्यूनतम मात्र सन्तुलनको मार्गप्रशस्त गर्दै तत्काल प्रवेश परीक्षाको मिति तोकी प्रक्रिया सुचारु गर्न हामी चेतावनीपूर्ण आग्रह गर्दछौं,’ उनले भनेका छन्, ‘अन्यथा, अब धैर्यता र जिम्मेवारी बोधलाई नेविसंघको कमजोरी नठानियोस् । हामीले उठाउँदै आएका मागलाई गाम्भीर्यता महसुस गरी मार्गप्रशस्त गर्न वा आन्दोलनको सामना गर्न तत्पर रहन चेतावनी पनि दिन चाहन्छौं ।’

टिप्पणीहरू