छतबाट खसेका बालकको निधन

छतबाट खसेका बालकको निधन

ताप्लेजुङको फुङलिङमा घरको छतबाट खसेका एक बालकको ज्यान गएको छ । फुङलिङ नगरपालिका ५, वीरेन्द्र चोक नजिकै रहेको नेपाल बैंकको अगाडिको घरको छतबाट खसेका बालकको मृत्यु भएको बताइएको छ ।

छतबाट खसेर ७ वर्षीय बालक अंकित लिम्बूको हिजो साँझमा ज्यान गएको हो । मिक्वाखोला ४, साँवाका उनी फुपुु अरुणीमा लिम्बूसँग बस्दै आएका थिए ।

बालक स्थानीय लिटिल बुद्ध इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत थिए ।
 

टिप्पणीहरू