भित्तो प्वाल पारेर ४० करोडको गहना लुटियो

भित्तो प्वाल पारेर ४० करोडको गहना लुटियो
सुन्नुहोस्

भारतको राजधानी नयाँ दिल्लीको एउटा गहना पसलबाट २० देखि करोड भारु अर्थात् ३२ देखि ४० करोड नेपाली रुपैयाँ बराबरका गरगहना लुटिएको छ । स्थानीय भोगालमा रहेको एउटा गहना पसलबाट उक्त मूल्यका गरगहना हराएको बताइएको छ । 

आइतबार साँझ पसल बन्द गरेर गएका पसलका मालिक सञ्जिव जैनले आज बिहान सटर खोलेपछि गहना लुटिएको पत्तो पाएका थिए । हिजो उक्त पसल बन्द थियो ।

उनका अनुसार पसलको गारो प्वाल पारेर गहना लुटिएको देखिएको छ । सिसिटिभीसमेत सबै तोडफोड गरिएको पाइएको छ । पसलभित्र राखिएको लकरबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीले चोरीमा संलग्न शंकास्पदहरुको बारेमा अनुमान लगाए पनि त्यसअघि गहनाको खुद मूल्यबारे आवश्यक प्रक्रिया थालेको बताएको छ ।

टिप्पणीहरू