सुन तस्करीमा युवती प्रयोग,ब्रा र पेन्टीमा पौने ३ किलो

सुन तस्करीमा युवती प्रयोग,ब्रा र पेन्टीमा पौने ३ किलो

तस्करहरुले सुन ओसार्नमा अब सुरक्षा निगरानी कमजोर रहेका ठाउँहरु दोलखाको लामा बगरतिर ध्यान बिकेन्दृत गर्नुका अलावा महिलाहरुलाई समेत प्रयोग गर्न थालेको पाइएको छ ।

यसक्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला यात्रुको भित्री बस्त्रबाट तीन किलो सुन बरामद भएको छ । FZ 575 नम्बरको उडानमा हिजो बेलुकी सवा ७ बजे दुबईबाट आएकी फिलिपिनो महिला मानालाङ्ग एरोन्स रेबिकन (राहदानी नम्बर P0 369989B,जन्ममिति 1992 नोभेम्बर ४) ले ल्याएको अवैध सुन प्रहरीले समातेको हो । 

ब्राभित्र स्तनको काप,पेन्टी र प्याडमा ७ पोका गरी २ किलो छ सय ग्राम  अबैध सुन ल्याइरहेकी ती महिला भन्सार पास भैसकेपछि पक्राउ परेकी थिइन् । विमानस्थल प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार सादा पोशाकका प्रहरीद्वारा उनलाई सवा ८ बजे बल्ल नियन्त्रणमा लिइएको हो । 

सुन पठाउने र जिम्मा लिनेको नाम बताउन नमानेकी उनलाई गौशाला प्रहरीको हिरासतबाट भोलि थप कार्वाहीका लागि भन्सार कार्यालय,कार्गो कम्प्लेक्स पठाउने तयारी भैरहेको बुझिएको छ ।

टिप्पणीहरू