एमालेले रातभर भोट गनेर कोशीबाट के देला त परिणाम ? गण्डकीमा चटारो धमाधम
नेपाल एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि गए राति मतदान भएको छ । दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि राति १० बजेदेखि बिहान ५ बजेसम्म भएको मतदानमा नौ सय ७७ जना प्रतिनिधिले भाग लिएका थिए । त्यहाँ मतदाता नौ सय ९७ छन् ।
प्रदेश कमिटीको अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाले प्रतिस्पर्धा गरेका छन् । मतगणनाको परिणाम आजै सार्वजनिक हुने बताइएको छ ।
उता,गण्डकी प्रदेश अधिवेशन आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
अधिवेशन आज र भोलिलाई तोकिएको छ । नौ सय सात जना प्रतिनिधि रहने अधिवेशनमा लुम्बिनी, बागमती,कोशीमा झैँ नेतृत्व चयनमा मतदान हुने सम्भावना छ ।
प्रदेश अध्यक्षको निम्ति मोहन रेग्मी,नवराज शर्मा,मायानाथ अधिकारी,धनञ्जय दवाडीलगायतले आकांक्षा राखेका छन् ।
टिप्पणीहरू