नागरिक उन्मुक्तिको महाधिवेशन पुसमा, त्यतिन्जेल पार्टी रेशमले चलाउने
नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनको मिति तय भएको छ । हालै सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो ।
महाधिवेशन आगामी पुस २६ गतेदेखि २८ गतेसम्म कैलालीको टिकापुरमा गर्ने जनाइएको छ । बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीको सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशमलाल चौधरीलाई दिने निर्णयसमेत गरेको छ । हाल पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ भएपनि रेशम महाधिवेशन आयोजक समितिको संयोजक बनेका छन् ।
महाधिवेशनका लागि विभिन्न १५ वटा उपसमिति समेत गठन गरिएको पार्टीले जनाएको छ । बैठकको निर्णयानुसार राजनीतिक प्रतिवेदन मस्यौदा समितिको जिम्मेवारी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिइएको छ ।
त्यस्तै, निर्वाचन समितिमा दामोदर पण्डित, आर्थिक समितिमा प्रतिनिधिसभा सदस्य गंगाराम चौधरी, प्रचारप्रसार समितिमा ठाकुरसिंह थारु, मञ्च व्यवस्थापन समितिमा घनश्याम चौधरी रहेका छन् ।
सांस्कृतिक तथा झाँकी समितिको जिम्मेवारी भने लक्ष्मण किशोर चौधरीले पाएका छन् । अतिथि सत्कार समितिमा धर्मबहादुर चौधरी, स्वयंसेवक समितिमा इन्दिरा गिरी, स्वास्थ्य सेवा समितिमा डा.सरोजसिंह चौधरी र आवास समितिमा रामलाल डंगौरा थारु रहेको जनाइएको छ ।
टिप्पणीहरू