डेडिकेटेड लाइन

डेडिकेटेड लाइन

राजधानीमा रेड लाइट मात्र होइन अब रेड रोड पनि आएको छ । काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म अब रेड रोडमा गुड्ने गाडी चढेर छिट्टै पुग्न सकिने भएको छ । यसलाई ‘डेडिकेटेड लाइन’ भनिने रहेछ । यसमा चढेपछि भक्तपुरको सूर्यविनायकसम्म सिधै पुगिन्छ । 

तर, मलाई लागिरहेको छ, अब जनतालाई काठमाडौंबाट भक्तपुर पुग्ने मात्र होइन, काठमाडौंकै सिंहदरवार भित्रसम्म पनि यसरी नै सिधै पुग्न सकिने एउटा ‘लाइन’ चाहिएको छ । मान्छे के के काम लिएर सिंहदरवार पुग्छन् तर छिर्न पाउँदैनन् । एक हिसाबले भनौं भने सिंहदरवार त जनताको लागि वर्जित नै छ ।

त्यसैले अब सिंहदरवार छिर्न पनि यस्तै एउटा डेडिकेटेड लाइन चाहिएको छ । त्यसमा चढेपछि कहीं पनि नरोकिने गरी सिधै सिंहदरवार पुगेर आफ्नो काम गर्न पाइयोस् । यसरी जान पाइने लाइनवाला गाडीचाहिँ कहिलेदेखि शुरु हुन्छ होला है ? 
 

टिप्पणीहरू