बिहान माओवादी पदाधिकारी बैठक, दिउँसो क्याबिनेट
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान राखिएको हो ।
आजै दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक डाकिएको छ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषद् सचिवालयमा राखिएको छ ।
प्रधानमन्त्री दाहाल दुई साता लामो अमेरिका र चीन भ्रमणपछि आज पहिलो पटक क्याबिनेट बैठक बस्न लागेको हो ।
टिप्पणीहरू