एमाले कार्यालयमा तालै ताला,प्रतिनिधि छनोटमा अर्कै चालामाला
-टेकसिंह धामी
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कार्यालय,कैलालीको जिल्ला पार्टी कार्यालयसहित धनगढी उपमहानगरपालिकाको पार्टी अफिसमा तालाबन्दी गरिएको छ । धनगढीस्थित नेकपा एमाले निकट युवा नेताहरुले यसरी ताला लगाएका हुन् ।

एमाले कैलाली जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रीय सदस्य किशोर शाहले आज (मंगलबार) पार्टी अफिसहरुमा ताला लगाइएको जानकारी दिए । उनका अनुसार युवा नेताहरुको समूहले पार्टीको विधि,विधान एवं पार्टी मूल्य मान्यतालाई लत्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकोले तालाबन्दी गरिएको हो ।

धनगढीसहित जिल्ला र बाहिरका विभिन्न क्षेत्रमा नेताहरुले भूगोलमा रहेका युवा नेता, कार्यकर्तालाई छोडेर अन्यलाई प्रतिनिधि बनाएको तालाबन्दी कर्ताहरुको ठम्याई छ ।
यही असोज २१ र २२ गते धनगढीमा एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशन तोकिएको छ

टिप्पणीहरू